लायन्सद्वारा खनाल र कोइराला सम्मानित

रिपोर्ट नेपाल | 2022 Mar 27 | 02:27 pm 1133

काठमाडौं, चैत १३ः गृह सचिव टेकनारायण पाण्डेले मान्छेले आफू जुन परिवेशबाट आएको हो त्यसलाई स्मरण गर्दै अगाडी बढ्ने हो भने सफल हुने बताएका छन् । लायन्स क्लब अफ लर्ड बुद्धको पाचौं बार्षिकोत्सव तथा चार्टर हस्तान्तरण कार्यक्रममा बोल्दै गृह सचिव पाण्डेले संभावनालाई प्रस्फुटित गराउन आफैले प्रयास गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

क्लबले आयोजना गरेको सम्मान र बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गृह सचिव पाण्डेले लोक कल्याणकारी संघ संस्थासँग साझेदारी सहयोग गर्न आफू तयार रहेको बताएका थिए ।

No description available.

लायन्स क्लबले देशलाई अप्ठ्यारोमा पर्दा चहराएको घाउमा मलम लगाउने गरेकोले आफू क्लब प्रति सधै सकरात्मक रहेको बताएका थिए । कर्मले मान्छेलाई उच्च बनाउने भएकोले क्लबमा लागेका सबै सदस्य कर्मयोगी भएको पनि पाण्डेले बताएका थिए । आत्माको सेवा परमात्मा भएको भन्दै पाण्डेले क्लबको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका शैलेन्द्र खनाल र प्रा.डा.भगवान कोइरालालाई सम्मान गरिएको थियो । सम्मानित कोइरालाले आफूले आफ्नो कर्म निभाएकोले सम्मान गर्ने कार्य नगरेता पनि क्लबले सम्झिएकोमा धन्यवाद दिएका थिए ।

No description available.

लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ पी वानका डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले नयाँ सदस्यलाई सपथ खुवाएका थिए । लर्ड बुद्धका संस्थापक अध्यक्ष विष्णु प्रसाद भण्डारीले डा. भगवान कोइरालाले क्लबद्वारा आयोजित स्वास्थ्य शिविरमा ठूलो गुन लगाएको बताएका थिए । संस्थापक अध्यक्ष भण्डारीले नाम जस्तै काम पनि भगवानरुपी भएको बताएका थिए ।

अर्का सम्मानित सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल सबै भन्दा लामो समय कार्यरत रहँदा कुनै बाद विवादमा नआएको र क्लबले आयोजना गरेका शिविरमा सशस्त्र अस्पतालका चिकित्सक र सहयोगी उपलब्ध गराइदिएर ठूलो गुन लगाएको पनि भण्डारीले बताएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.