- महेश सिंह
सिरहा, बैशाख ११ः लहान नगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वडा अध्यक्षका लागि दुर्गा प्रसाद महतोले उम्मेदवारी दिने निर्णय गरेका छन्। समाज रुपान्तरण गर्नका लागि लहान १६ मा अध्यक्षका लागि उम्मेदवारी दिने नेता दुर्गाप्रसाद महतोले निर्णय गरेका हुन्।
सभ्य समाज निर्माण गर्न गरिबीको रेखामुनि रहेको समुदायलाई माथि उकास्न आफूले उम्मेदवारी दिने निर्णय गरेको नेता महतोले बताए। विभिन्न संघ संस्थामा आवद्ध रही समाजसेवा गर्दै आएका नेता महतोले लहान १६ का वडा अध्यक्षका लागि आफू उपयुक्त रहेको एक कार्यक्रमको आयोजना गरि बताएका हुन्।
विभिन्न संस्थामा आवद्ध रही काम गर्दै गर्दा समाजमा निकै लोकप्रियता तथा चर्चा बटुलेका हुन्। आउने स्थानीय तहकको निर्वाचनमा भागलिन पहिला देखि नै उनको मानसिकता रहेको थियो। उनले भोली सोमबार मनोनयन दर्ता गराउने प्रतिबद्धता गरे।