- महेश सिंह
सिरहा, बैशाख १२ः वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले लहान मेयरका लागि टिकट पाए लगत्तै समग्र लहानमा नै खुशयाली छाएको छ। समाज सेवामा अग्रणी भुमिका निर्वाह गरेका चौधरी अहिले समग्र सिरहामा चर्चाको विषय बनेको छ।
वरिष्ठ समाजसेवी चौधरीले आबद्ध रहेको राजनीति पार्टी नेपाली काङ्ग्रेसबाट लहान नगरपालिकाका लागि मेयरको टिकट पाएपछि गरिब दलित असहायहरुको आशा जगाएको छ। मनोनयन दर्ताका अन्तिम दिन आज महेश प्रसाद चौधरीले मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्ता गराउन हजारौं नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरु जन्ती झैँ बाजा गाजामा सजिएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए।
बिगतमा गरेको समाजसेवाले समग्र लहान बासीमा महेश चौधरी नै मन मस्तिष्कमा बसेको हो। जनताको भनाइ अनुसार यसपल्ट महेश चौधरीलाई नै लहानको मेयर बनाउनु पर्ने व्यापक चर्चा रहेको छ।