- महेश सिंह
सिरहा, बैशाख ११ः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लहान नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट महेश प्रसाद चौधरीलाई टिकट तय भएको छ। शुक्रबार बसेको बैठकबाट महेश प्रसाद चौधरीलाई चुनावमा भागलिन निर्णय गरेका हुन्।
महेश चौधरीले टिकट पाएको खबर गरिब दलित बस्तिहरुमा सुनेपछि आशा पलाएका छन्। स्थानीयको भनाइ अनुसार लहानमा आउने सरकार काङ्ग्रेस पार्टीको हुने बिश्वास ब्यक्त गरेका छन्। लहानमा महेश चौधरीले टिकट पाएको खबरपछि लहान बासीमा उतसाह र उमंग छाएको छ।
लहान बासिका अनुसार अबको सरकार काङ्ग्रेसको हुने स्थानीयहरुमा व्यापक चर्चा रहेको छ। बिगत लामो समय देखि समाजसेवामा लागेका चौधरीले लहान मेयरका टिकट पाएका हुन् ।