लर्ड बुद्धको ५औं बार्षिकोत्सव तथा चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2022 Mar 26 | 11:04 pm 349

काठमाडौं, चैत १२ः लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको ५औं बार्षिकोत्सव तथा चार्टर हस्तान्तरण कार्यक्रम शनिबार काठमाडौंको बुद्धनगरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता ग्रहण लाइन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका अध्यक्ष रामबहादुर श्रेष्ठले गरेका थिए भने, कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका गृह सचिव टेक नारायण पाण्डे रहेका थिए ।

त्यसैगरी बिशेष अतिथिहरुमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, लाइन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ पी वानका डिस्ट्रिक गभर्नर विश्वेश्वर आचार्य लगायत उच्च पदस्थ व्यक्तिहरुले मञ्चमा आसन रहेका थिए ।

No description available.

कार्यक्रमको औपचारिक सुरुवात लाइन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रामबहादुर श्रेष्ठले घण्टी बजाएर सुरु भएको घोषणा गरेका थिए । त्यसै क्रममा विशिष्ठ अतिथिद्वाय सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाई सम्मान समेत गरिएको थियो । यसै क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले आ–आफ्नो मन्तब्य राखेर कार्यक्रमलाई अगाडी बढाएका थिए ।

मन्तब्य राख्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका गृह सचिव टेक नारायण पाण्डेले एकदमै राम्रो कार्यक्रममा सहभागि हुने अवसर दिएको बताएका थिए । त्यसैगरी गृह सचिव पाण्डेले यस लाइन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको सूरुवाती दिनमै सहभागी भएको बताएका थिए र आगामी दिनमा पनि यसैगरी सहभागी हुन पाउने आशा समेत गरेका थिए । मन्तब्यकै क्रममा आफूले गरेको संघर्षका बारेमा उल्लेख गर्दै गाउँले परिवेशबाट पनि मेहनत र लगनशिलता भई लागी परेमा सफल हुने बताएका थिए ।

त्यसैगरी विशेष अतिथि बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाले लाइन्स क्लब अफ काडमाडौं लर्ड बुद्धको अभियानलाई धन्यवाद दिएका थिए । उनले यस्ता किसिमको कार्यक्रममा उनी लगायत अन्य जो कोहीलाई गरिएको सम्मानले कार्यरत क्षेत्रमा काम गर्न थप उर्जा मिल्ने बताए । त्यसैगरी उनले लाइन्स क्लब अफ काठमाडौं लर्ड बुद्धलाई एउटा सुझाव पनि दिएका थिए । लाइन्स क्लबले सानो तिनो काम गरेर छोटो सयममै कार्य सक्ने कि लामो समय सम्म काम गरेर टिकाउ भई रहने ?

कार्यक्रम अवधिभर बिच बिचमा सास्कृतिक कार्यक्रम नृत्य, यस क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई सम्मान तथा प्रशंसापत्र हस्तान्तरण गरी सम्पन्न भएको थियो । कार्यक्रममा उक्त क्लबसँग आबद्ध विशिष्ठ व्यक्ति तथा सदस्यहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.