लकडाउन उलंघन गरी काफल खान गएका ३० जना पक्राउ

| 2020 May 19 | 03:42 pm 501

गोरखा, जेठ ६ः काेराेनाकाे महामारीले विश्व आक्रान्त भई मुलुक लकडाउन रहेकाे अवस्थामा उलंघन गरी काफल खान गएका ३० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्लाकाे सिरानचोक गाउँपालिका ४ र ५ बाट बस रिजर्भ गरेर काफल खान वडा नम्बर २ थालाजुङ्गको जङ्गल पुगेका ३० जना युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

बस चढेर ठूलो सङ्ख्यामा मानिसहरू जङ्गलमा काफल खान गएको छ भन्ने गाेप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हर्मीबाट गएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूमध्ये २९ जना वडा नम्बर ४ छोप्राक र १ जना वडा नम्बर ५ छोप्राकका स्थानीय रहेको इलाका प्रहरी कार्यालय हर्मीका प्रहरी नायव निरीक्षक इन्द्र थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.