लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुईजना मदिरासहित पक्राउ

| 2020 Mar 30 | 01:04 pm 121

म्याग्दी, चैत १७: अत्यावश्यक सामग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका ८ का १९ वर्षीय सुनिल कुमार शाह र सहचालक पर्वत जलजला गा।उँपालिका वडा नं ३ का १८ वर्षीय असल परियार रहेका छन् ।

उनीहरुलाई बेनीबाट राखु तर्फ जादै गरेको ग २ च ८८६९ नम्बरको जिपमा ६ कार्टुन मादक पदार्थ सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।

नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम २०७६ चैत्र ११ गते देखी विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न लकडाउन गरेको अवस्थमा अत्यावश्यक वस्तु र सेवा मात्र संचालनको आदेश जारी गरिएको थियो ।

यस्तो अवस्थामा मदिरा जन्य पदार्थको ओसारपसार नियन्त्रणका साथै अत्यावश्यक काम बाहेक हिडडुलमा समेत प्रतिवन्ध लगाउने कार्यमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले सक्रियता बढाएको छ ।

बरामद भएको मादक पदार्थ तथा नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाइएको छ ।

निषेधाज्ञा बिरूद्धमा यस्ता कार्यहरू भएकोले उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसूरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही हुने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.