रोल्पाको थबाङमा नेकपाका उम्मेदवार विजयी

रिपोर्ट नेपाल | 2019 Nov 30 | 07:22 pm 71

रोल्पा, मंसिर १४: शनिबार भएको थबाङ गाउँपालिका–१ को उपनिर्वाचनमा नेकपा उम्मेदवार विजयी भएका छन् । नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २ सय ९ मत खसेकोमा ९ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।

थबाङमा १६.४ प्रतिशत मात्र खसेको थियो । १ हजार २ सय ७४ मतदाता रहेको १ नम्बर वडामा २ सय ९ मात्र मत खसेको हो । १ सय १२ पुरुष र ९७ महिला मतदाताले मत दिए। पन्चायतदेखि कहिले शून्य मतदान हुने त कहिले शत प्रतिशत मतदान हुने यहाँ यसपटक न्यून मत खसेको हो।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आस्थावान मतदाताले मतदानमा भाग नलिएपछि न्यून मतदान भएको छ। उनीहरुले मतदान नगर्न घर–घरमा भेटघाट गरेको बुझिएको छ। चुनावको दिन विप्लव नेतृत्वको नेकपाको आस्थावान नेता कार्यकर्ता मतदानस्थल वरिपरि आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.