रोनाल्डो र नेयमार लाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

रिपोर्ट नेपाल | 2019 Apr 03 | 02:25 pm 76

एजेन्सी, चैत्र २० : विश्व फुटबलमा स्टार खेलाडीहरुको तलब बढ्ने क्रम पछिल्लो समय झन् बढेको छ । यसैक्रममा सर्वाधिक धेरै कमाइ गर्ने फुटबलर टप–५ सूची सार्वजनिक भएको छ ।

साेमबार सार्वजनिक भएकाे सूचीअनुसार सबैभन्दा बढी तलब–सुधिवा थाप्ने खेलाडीको पहिलो नम्बरमा बार्सिलोनाका लिओनल मेस्सी परेका छन् । अर्जेन्टिना तथा बार्सिलोना स्टार लियोनल मेस्सीले आफ्ना खास प्रतिस्पर्धी युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् ।

यता, प्रशिक्षकतर्फ स्पेनिस क्लब एथ्लेटिको मड्रिडका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनी सर्वाधिक कमाइ गर्ने प्रशिक्षक बनेका छन् । उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोसे मोउरिन्होलाई पछि पार्दै पहिलो नम्बर लिएका हुन् ।

सर्वाधिक कमाउने फुटबलर यसप्रकार छन् :

१. लिओनेल मेसी
क्लब : बार्सिलोना
वार्षिक तलब : १ सय ३० मिलियन युरो
नेपाली पैसामा वार्षिक १६ अरब रुपैयाँ

२. क्रिस्टियानो रोनाल्डो
क्लब : युभेन्ट्स
वार्षिक तलब : १ सय १३ मिलियन युरो
नेपाली पैसामा १४ अरब रुपैयाँ

३. नेयमार
क्लब : पेरिस सेन्ट जर्मेन
वार्षिक तलब : ९१.५ मिलियन युरो
नेपाली पैसामा ११ अरब रुपैयाँ

४. एन्टोइन ग्रिज्मन
क्लब : एटलेटिको म्याड्रिड
वार्षिक तलब : ४४.५ मिलियन युरो
नेपाली पैसामा साढें ५ अरब रुपैयाँ

५. ग्यारेथ बेल
क्लब : रियल म्याड्रिड
वार्षिक तलब : ४०.२ मिलियन युरो
नेपाली पैसामा ५ अरब रुपैयाँ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.