रेसुङ्गा नगरमा रमणिय रिसोर्ट

रिपोर्ट नेपाल | 2019 Mar 11 | 12:32 pm 2506

गुल्मीः फागुन २७ : सरदरमुकाम तमघासका तीनजना उत्साही युवाहरुले आन्तरिक र बाह्य पर्यटकको सुविधाको लागि रिसोर्ट स्थापना गरेका छन् ।

अधिवक्ता विष्णुप्रसाद बलाल, बद्रीप्रकाश श्रेष्ठ र सुजन श्रेष्ठले रेसुङ्गा नगरपालिका वडा नम्बर–३ अर्खलेमा सुविधा सम्पन्न रिसोर्ट स्थापना गरेका हुन् । सदरमुकाम तमघासमा आएका आन्तरिक पर्यटकले रमणिय वातावरणमा खानपान र मनोरञ्जन गर्न नपाएको महसुस गरी रिसोर्ट स्थापना गरिएको संचालक बद्रीप्रकाश श्रेष्ठले बताए ।

तीस रोपनी जग्गामा स्थापना गरिएको उक्त रिसोर्ट नामाकरण ऐतिहासिक रेसुङ्गा पर्वतको नामबाट रेसुङ्गा रिसोर्ट एण्ड फेमली कटेज राखिएको छ ।

संचालक विष्णुप्रसाद बलालका अनुसार ग्राहकलाई अर्गानीक खाना खुवाउनु र भरपुर मनोरञ्जन दिनु आफूहरुको कर्तव्य रहको बताए । सभा सेमीनरका लागि हल, साउण्ड सिस्टमको समेत व्यवस्था भएको रिसोर्टमा वनभोज गर्न चाहनेका लागि समेत राम्रो व्यवस्था गरिएको छ।

संचालक सुरज श्रेष्ठका अनुसार छिट्टै आन्तरिक र बाहिरी पर्यटकलाई ऐतिहासिक रेसुङ्गा र अर्जुनको पैदल यात्रा गराई पर्यटक भित्राउने योजना समेत रिसोर्टको रहेको छ ।

रिसोर्टमा लोकल कुखुरा, हाँस, माछा, टर्कीज, लौकाट र वट्टाइको स्वाद चखाइने गरेको छ । ग्राहकको चाहाना बोमोजिम क्यामफायरको समेत व्यवस्था गरिएको छ ।

पारिवारीक वातावरणमा भरपुर मनोरञ्जन लिन पाइने रिसोर्टमा बोटिङको समेत व्यवस्था गरिएको छ । देशका विभिन्न ठाउँबाट जाने आन्तरिक पर्यटक एकपटक जानै पर्ने रिसोर्टका रुपमा स्थापित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.