रेसुङ्गा क्याम्पसको संचालक समितिमा राजेन्द्रको नेतृत्व

रिपोर्ट नेपाल | 2019 Jul 11 | 10:43 am 78

गुल्मी, असार २६ : जनताको रगत पसिनाबाट सञ्चालित गुल्मीको सदरमुकाम तमघासमा रहेको रेसङ्गा बहुमुखी क्याम्पसमा नयाँ संचालक समिति चयन भएको छ । समाजसेवी राजेन्द्र प्रसाद श्रेष्ठलाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरिएको हाे ।

पूर्व वाणिज्य सङ्घका अध्यक्ष समेत भइसकेका राजेन्द्र प्रसादको नेतृत्वमा गठित सञ्चालक समितिले क्याम्पसभित्र शिक्षाको गुणस्तर वृद्धिका लागि उल्लेख्य योगदान गर्ने आशा गरिएको अभिभावकहरूको भनाई रहेको छ ।

२०३९ साल मंसिरमा स्वीकृत प्राप्त गरी २०३९ पुष १४ गतेदेखि सञ्चालन भएको क्याम्पसमा श्रेष्ठका बुबा नरप्रसाद श्रेष्ठ संस्थापक सदस्य र संचालक समितिको अध्यक्ष रहेका थिए ।  नरप्रसादको क्याम्पस स्थापना र स्तरबृद्धी गनेमा ठूलो योगदान रहेको क्याम्पसकै सह प्राध्यापक दिन पन्थीले बताए ।

नवगठित संचालका समितिमा धर्म विश्वकर्मा, महेन्द्र प्रसाद भण्डारी, श्याम कुमार पाण्डे, दुर्गा प्रसाद पाण्डे, कृष्ण प्रसाद पोख्रेल, पूर्ण केसी, गङ्गादेवी पाण्डे, यज्ञप्रसाद पन्थी, अर्जुन आचार्य, र हरिलाल न्यौपाने रहेका छन् ।

जिल्लाबाट सर्वसहमत गरेर त्रिभुवन विश्वविद्यालयमा नियुक्तिका लागि सिफारिस गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.