रेल जनकपुर आइपुग्याे

| 2020 Sep 18 | 03:25 pm 73

धनुषा, असाेज २ः नेपाल–भारत अर्थात जनकपुर–जयनगर हुँदै भरतकाे अन्य ठाउँमा चल्ने रेल नेपालकाे जनकपुर आइपुगेको छ। उक्त रेल शुक्रबार मध्यान्ह जनकपुर आइपुगेको हाे ।

नेपालको एक मात्र जनकपुर-जयनगर रेल सेवा बन्द भएको झण्डै छ वर्षपछि विधिवत सञ्चालका लागि रेल जनकपुरधाम आइपुगेको हो।

रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी भारतको मद्रासबाट बनाएर हाजिपुर-जयनगर हुँदै जनकपुरधाम सम्म ल्याइएको हो। लामो समयको प्रतिक्षापछि बहुप्रतिक्षित कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याइएको साईट इन्जिनियर विनोद ओझाले जानकारी दिए।

नेपालको झण्डाको रंगमा रंगिएको रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो। ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले रेलको स्वागत गरेका छन्।

तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगर देखि कुर्थासम्मको काम सम्पन्न भएको छ।

आज परीक्षणका लागि आइपुगेको रेल पुनः जयनगर फर्किने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.