रेलवेको काम तत्काललाई रोक्न उच्च अदालत पाटनको आदेश

रिपोर्ट नेपाल | 2020 Aug 04 | 11:00 am 74

काठमाडौं, साउन २०ः उच्च अदालत पाटनले तत्कालका लागि रेलवेको पूर्वाधार निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शान्ता सेढाईं सापकोटाको इजलासले आगामी २६ गतेसम्मका लागि टेन्डरसम्बन्धी काम यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।

बोलपत्र सूचना र सो सम्बन्धमा भए गरेका सम्पूर्ण निर्णय तथा कामकारबाही हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी विपक्षीका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ, आदेशमा भनिएको छ ।

तेजकुमार कुरुम्बाङले मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । उनले सीमित ठेकेदारलाई मात्रै लाभ हुने गरी टेन्डर आह्वान भएकाले त्यसको खारेजीको माग गरेका थिए । उच्च अदालत पाटनले सरकारी पक्षको लिखित जवाफ पनि मागेको छ ।

अदालतको आदेशबमोजिम काम स्थगित हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । यो अदालती प्रक्रियामा गयो, अब जे फैसला गर्छ त्यहीअनुसार अघि बढ्नेछौं, उनले भने, मैले न्याय निरूपण गराएपछि मात्र ठेक्का गर्छु भनेको पनि थिएँ । अदालतमा पुगेकाले यसको टुंगो चाँडै लाग्ने उनको भनाइ छ । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.