रेडपाण्डाको छालासहित काठमाडौंबाट दुईजना पक्राउ

| 2022 Apr 22 | 02:09 pm 237

काठमाडौं, बैशाख ९:  काठमाडौं महानगरपालिका-१ महेन्द्रशालीकस्थित होटल मिर्चीबाट रेडपाण्डाको छालाजस्तो देखिने वस्तु १ थानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ३८  वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।

रेडपाण्डाको छाला बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले बिहीबार दिउँसो उक्त होटलको कोठामा जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.