रूप ज्योतिकी छोरी सुरुची पनि पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 08 | 03:02 pm 45

काठमाडौं, कार्तिक २२ : पूर्व अर्थ सहायकमन्त्री रूप ज्योतिलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरीले उनकी छोरी सुरुची ज्योतीलाई समेत पक्राउ गरेको छ ।

हाउजिङका नाममा दुई करोड ७० लाख रूपैयाँ ठगी गरेको आरोप लागेका पूर्व अर्थ सहायकमन्त्री एवं व्यापारी रूप ज्योतिकी छोरी सुरुची ज्योतिलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले सुरुचीलाई आज (शुक्रबार) पक्राउ गरिएको जानकारी दिएका छन् ।

रुप ज्योतिलाई बिहीबार सिङ्गापुरबाट नेपाल फर्किदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकेको थियो । सर्वोच्च अदालतले सोमबार रूप ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई बाटो खोलि दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएपछि जिल्ला अदालतको आदेश सदर भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.