राष्ट्र बचाउन राष्ट्रवादी शक्ति एक हुनुपर्छः पशुतिशमशेर राणा

रिपोर्ट नेपाल | 2019 Mar 09 | 08:44 am 47

पशुपति शमशेर राणा नेपाली राजनीतिका चतुर खेलाडीका रुपमा परिचित छन् । धेरै नबोल्ने तर हरेक कार्य कुटनितिक तरिकाबाट फत्ते गर्ने राणा पंचायतदेखि सकृय राजनीतिमा लागेका व्यक्ति हुन् । २०६३/६३ को आन्दोलनमा सकृय रुपमा राजतन्त्रको विरोधमा लागेका उनी यतिखेर आएर संवैधानीक राजा र हिन्दु राष्ट्रका पक्षमा आवाज उठाउन थालेका छन् । हालै डा प्रकाशचन्द्र लोहनीसँग पार्टी एकता गरी राप्रपा संयुक्तको अध्यक्ष बनेका राणासँग वर्तमान सरकारको कार्यशैली दुई राप्रपाको एकता र कमल थापा नेतृत्व राप्रपासँगको दूरीका विषयमा रिपोर्ट नेपालले गरेको कुराकानी प्रस्तुत गरेका छौं ।

वर्तमान सरकारको मूल्याङ्कन गर्नु पर्दा तपाई कसरी गर्नुहुन्छ ?

म पूर्वप्रधानमन्त्री केपी ओली र वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको दुई कार्यकाल बारे पहिला विश्लेषण गर्न चाहान्छु । अहिले पूर्व भएका त्यस बेलाका प्रधानमन्त्री केपी ओलीको क्षमता भारतीय नाकाबन्दीसँग जुध्दै जनतालाई आफ्नो पक्षमा गोलबन्द गराउँने थियो । त्यसबेला उनी दाँयाबाँया नहेरी अघि मात्रै हेर्थे । त्यसैको परिणाम स्वरुप माओवादीलाई मिलाएर निर्वाचनमा गई प्रर्याप्त सिट प्राप्त गरी पार्टी एकता गरेको सफल केपी थिए । अहिलेको सरकार हाँकेको केपी घरी अघि हेर्छन कतिखेर ह्वात्तै पछि फर्कनछन्, डर त्रास सहित अघि बढेका असफल प्रधानमन्त्रीका रुपमा देखिन्छन् । उनको यस पटकको एक वर्षे कार्यकाल केवल भाषण, गाली र उपचारमा खर्च भयो कुनै ठोस उपलब्धी हुन सकेन ।

प्रधानमन्त्री ओली त सरकारले ऐतिहासिक र गर्व गर्ने काम गरेको देख्न नसकेर विपक्षी मुर्छा परेको भन्दैहुनुहुन्छ त ?

प्रधानमन्त्री निर्मला हत्याकाण्ड पत्ता लगाउन नसकेको, बुढीगण्डकी बिना टेण्डर ठेक्का दिएर भ्रष्ट्राचार भएको, भ्रष्ट्राचारको विकेन्द्रीकरणलाई उच्च महत्व दिएको कुरालाई गर्व भनेको भए मलाई थाहा भएन । अरु कुनै पनि उल्लेख गर्ने र जनतालाई राहत पुग्ने काम भएको छैन । सरकरमा बसेर आसन, शासन र रासन खाएकोले कहाँ नराम्रो गरे भन्छ र !

तपाई विपक्षी भएका नाताले धर्म निर्वाह गर्नु भएको हो कि सरकार साच्चीकै असफल र भ्रष्ट्राचारमा डुबेको छ ?

तपाईले यस विषयमा टाढा जानै पर्दैन डा गोविन्द केसी जस्तो व्यक्तिले गरिब जनताको लागि उठाएको कुरालाई पूरा वेवास्ता गर्दै मेडिकल माफियासँग मिलेको प्रष्ट देखिन्छ ।

प्रतिपक्ष दल नेपाली काँग्रेसको भूमिका कस्तो देख्नुहुन्छ ?

प्रतिपक्ष काँग्रेसले जुन इश्युलाई समातेर सरकारको शेखी झार्नुपर्ने थियो त्यो नगरेर सरकारकै मादलको तालमा उ नृत्य गर्दैछ ।

प्रसंग बदलौं तपाई र लोहनीले नेतृत्व गरेको पार्टीको एकतापछि तपाइका निकै नजिकका भनिने दिपक बोहराले पार्टी छाडेर कमल थापा प्रति गए नि के हो ?

बोहरा जी अहिले त्यता जादैमा जहाज नै डुब्ने होइन भोली उहाँ पनि हामीसँगै हुनुहुनेछ । देश अप्ठ्यारेमा परेको बेला, राष्ट्रितामाथि चौतर्फी आक्रमण भई रहेको समयमा सबै राष्ट्रवादी शक्तिको एकता आवश्यकता छ । त्यहीं कुरालाई बुझेर हामीले पद र प्रतिष्ठा भन्दा देश ठूलो सम्झेर लोहनी जी र हामी एक भएका हौं ।

तपाईहरुको टुट्ने फुट्ने र मिल्नेको कुनै विश्वास हुँदैन यो एकता पनि कायम रहन्छ भनेर कसरी विश्वास गर्ने ?

डा लोहनी जी र हाम्रोबीचको एकतालाई भाँजो हाल्ने काम नभएको होइन तर हामी के कुरामा सचेत थियौं भने राष्ट्रियताको संरक्षणका लागि टुट नभएर जुट नै प्रमुख हो भन्ने कुरामा एकताको प्रकृया शुरु भएको छ अव तपाईहरु र आम कार्यकर्ताले प्रश्न गर्न नपाउने गरी अन्य पार्टीसँग पनि एकता गर्नका लागि वार्ता गर्नेछौं ।

अन्त्यमा केही भन्नुहुन्छ ?

मलुक यतिखेर आर्थिक, राजनीतिक रुपमा मात्र कमजोर नभएर राष्ट्रियता नै शंकटमा परेको छ । यस्तो बेला पार्टी एकता नगरे पनि कार्यगत एकता गरेर अघि बढ्न सबै राष्ट्रवादी शक्तिलाई आग्रह गर्दछु ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.