राष्ट्रिय सहकारी बैंकमा ८९ कर्मचारी माग (सूचनासहित)

रिपोर्ट नेपाल | 2019 Sep 11 | 02:59 pm 37

काठमाडौं, भदौ २५ : राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा ८९ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकले सहायक अधिकृतमा १४, सहायकमा ३० र कनिष्ठ सहायक पदमा ४५ जना गरी जम्मा ८९ कर्मचारी माग गरेको हो ।

स्थायी सेवाका लागि कर्मचारी माग गरिएको र योग्यता पुगेका उम्मेदवारले असोज ६ भित्र आवेदन दिन सक्नेछन् । खुला प्रतिष्पर्धामार्फत बैंकले पदपूर्ति गर्न लागेको सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.