राष्ट्रिय खेलकदु परिषद्ले खेल प्रतियोगिताहरु रोक्ने तयारी

| 2020 Mar 05 | 02:28 pm 114

काठमाडौं, फागनु २२: कोरोना भाइरसको जोखिमबाट बच्न राष्ट्रिय खेलकदु परिषद्ले खेल प्रतियोगिताहरु रोक्ने तयारी गरेको छ ।

सरकारले सभा, सभारोह तथा धेरै मानिसहरुको जमघट हुने कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । तर, मोफसलमा नकआउट फुटबल प्रतियोगिता भइरहेका छन् भने अरु खेलका पनि ठूलो प्रतियोगिता हुँदैछ ।

खेल प्रतियोगिताहरु बारे छलफल भइरहेको राखेप सदस्य सचिव रमेश सिलवालले बताए । अहिले भइरहेका खेलहरुलाई रोक्न गाह्रो होला तर अब हुने प्रतियोगिता स्थगित गर्ने तयारी छ, उनले भने ।

यसबारे अन्तिम निष्कर्शको राखेपले बिहीबार साँझसम्ममा निर्णय लिने सिवालले बताए ।

यदि राखेपले खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएमा चैत १ गतेबाट हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट समेत प्रभावित हुनेछ ।

विश्वकप छनोटका खेलहरुबारे पनि अखिल नेपाल फुटबल संघसँग छलफल गरेर निर्णय लिने सदस्य सचिव सिलवालले जानकारी दिए ।

नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा खैल्ने तालिका छ । तर अष्ट्रेलियाले खेल सार्न एएफसीमा निवेदन दिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.