राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोडको ‘भवन कीर्ति रत्न’

| 2022 Mar 27 | 08:10 am 257

काठमाडाैं, चैत १३ः नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टले एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार दिने घोषणा गरेका छन् ।

यो पुरस्कार भट्टले शनिबार एनआरएनएको दसौं विश्व सम्मेलनका क्रममा घोषणा गरेका हुन् । पूर्वअध्यक्ष भट्टद्वारा स्थापित यो पुरस्कार हरेक दुई वर्षमा नेपालको समृद्धि, नवप्रवर्तन र विकास परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा संस्थालाई दिने घोषणा गरिएको छ ।

पुरस्कारको लोगोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । यो वर्ष आफूले घोषणा गरेपनि आगामी वर्षदेखि एनआरएनए र बीबी फाउण्डेसनले संयुक्तरुपमा गर्ने भट्टले जनाएका छन् ।

आफ्ना समाजसेवी पिता स्व. यदु भट्टबाट पे्ररित भएर सामाजिक काममा योगदान गर्ने प्रेरणाअनुसार यो पुरस्कार स्थापना गरेको पनि उनले जानकारी दिए । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.