राष्ट्रियसभा बैठकमा नाप र तौल विधेयक स्वीकृत

रिपोर्ट नेपाल | 2020 Jun 05 | 02:43 pm 47

काठमाडौं, जेठ २३ः राष्ट्रियसभाको शुक्रबारकाे बैठकले ‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो ।

यसअघि उक्त विधेयकमाथिको छलफलमा सहभागी सांसद कोमल वली, ठगेन्द्रप्रकाश पुरी र अनिता देवकोटाले, रामनारायण बिंडारीलगायतले विधेयकका कतिपय पुराना प्रावधानलाई समयसापेक्ष बनाइपनुपर्ने तथा जरिवानाका विषयलाई वैज्ञानिक एवम् वस्तुनिष्ठ बनाइनुपर्ने बताए ।

सांसदको जिज्ञासामा उद्योगमन्त्री भट्टले प्रस्तुत विधेयक समयसापेक्ष तथा व्यावहारिक रहेकाले कार्यान्वयनका क्रममा कुनै कमजोरी देखिए सच्याएर जान सकिने धारणा राखे ।

यस्तै बैठकमा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले उक्त प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २५ गते बिहान ११ बजे बस्ने जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.