राष्ट्रपति भण्डारी दलीय स्वार्थमा लागेको पूर्व राष्ट्रपति यादवको आरोप

| 2021 Feb 20 | 08:21 am 305

धनुषा फागुन ८ : प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिसमा संसद बिघटन भएको प्रति पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले उचित छलफल बिना मध्यावधि स्विकिर्त गरेर असंबैधानिक कदमको साक्षी बस्नु गलत भएको बताएका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाएका हुन्।

दल विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गरिनु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायत क्रमिक रूपमा लोकतन्त्रमाथि प्रहार हुँदै आइरहेको र यस्तो परिस्थितिमा निर्वाचनमा जानु भनेको दलहरूले आफ्नै टाउको फुटाउनुसरह भएको पूर्व राष्ट्रपति यादबको भनाई रहेको थियो ।

पूर्व राष्ट्रपति यादवले २०७२ मा आफु राष्ट्रपति हुदा संविधानजारी गर्दाको समयको स्मरण गर्दै आफूले त्यसबेला तराई, मधेश, हिमाल र पहाडलाई मिलाउन खोजेपनि अहिले त्यसलाई विखण्डन गर्न खोजिएको आरोप समेत लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.