राष्ट्रपति जनकपुरमा, जानकी मन्दिरमा पूजाअर्चना

रिपोर्ट नेपाल | 2019 May 13 | 04:29 pm 54

जनकपुर , वैशाख ३० : सीता जन्मिएको दिनलाई अवसर पारेर मनाइने जानकी नवमीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान जनकपुर पुगेकी छिन् । जानकी मन्दिरले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएर राष्ट्रपति भण्डारीले विशेष पूजाअर्चना गरेकी छिन् ।

सेनाको हेलिकोप्टरले जनकपुर आएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा करिव ४५ मिनेट रहनेछिन् । मन्दिरमा विशेष पूजाअर्चनापछि राष्ट्रपति भण्डारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेललेबताए ।

प्रदेश २ को सरकारले जानकी नवमीको अवसरमा सोमबार सार्वजनिक बिदा समेत दिएकाे छ । मुख्यमन्त्री राउतले आइतबार शुभकामना सन्देश जारी गर्दै जानकी नवमीको दिन प्रदेश २ मा सार्वजनिक बिदादिइएको घोषणा गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.