राष्ट्रपतिसमक्ष ५ सय ९० जनालाई विभूषण सिफारिस

रिपोर्ट नेपाल | 2020 Sep 18 | 08:54 am 68

काठमाडौं, असाेज २ः सरकारले ‘संविधान दिवस’को अवसरमा ५ सय ९० जनाका लागि राष्ट्रपतिसमक्ष विभूषण सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले विभिन्न विधामा विभूषण पाउनेको नाम सिफारिस गरेको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले अन्तिम टुंगोसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ । गत वर्ष सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई सम्मान र पदक दिने घोषणा गरिएको थियो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.