राप्रपाको स्वाभिमान यात्रा भोली समापन हुने, भोलिको लागि तोकियो रुट (रुटसहित)

रिपोर्ट नेपाल | 2019 Mar 14 | 04:19 pm 32

काठमाडौं, फागुन ३० : राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि उपत्यकामा आयोजना गर्ने कलशयात्रा र आमसभाको समय तालिका सार्वजनिक गरेको छ। अपरान्ह १२ बजे भृकुटीमण्डपमा राप्रपाको कार्यक्रम समापन हुने गरी पार्टीले समय तालिका र रुट सार्वजनिक गरेको हो।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार  बिहान ७:३० बजे ललितपुरबाट यात्रा सुरु हुने कार्यक्रम तय  भएकाे छ । ललितपुरबाट सुरु भएको यात्रा भक्तपुर जानेछ। भक्तपुरबाट काठमाडौंका विभिन्न स्थल हुँदै डिल्लीबजार पुग्नेछ। त्यहाँबाट कलशयात्रा भृकुटीमण्डपमा पुग्नेछ। राप्रपाले स्वाविमान यात्राका क्रममा यातायात अवरुद्ध हुनसक्ने संकेत गर्दै वैकल्पिक मार्गबाट यात्रा गर्न आग्रह गरेको छ।

ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन चैत १ मा काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी राप्रपाले गरेको छ ।

रुट यस्तो छ

बिहान ७ :३० बजे जावलाखेलबाट कुमारीपाटी–लगनखेल–सातदोबाटो–ग्वार्को– कोटेश्वर–जडिबुटी – लोकन्थली – गठ्ठाघर – पुरानोबाटो गठ्ठाघर व्यारेक – पुरानो ठिमी–सल्लाघारी – नगरकोट जाने बाटो हुँदै व्यासी – कमलविनायक – च्यामासिंह – जगाती–सुर्यविनायक चोक – सल्लाघारी – नयाँठिमी – गठ्ठाघर – लोकन्थली – जडिबुटी – कोटेश्वर–तिनकुने– सिनामंगल – पुरानोवानेश्वर – मैतीदेवी– डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै प्रदर्शनीमार्ग, भृकुटीमण्डप।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.