राती खोल्सामा फालेको फोहोर, बिहान आफ्नै आगनमा !

रिपोर्ट नेपाल | 2019 Mar 31 | 07:18 am 81

स्याङजा, चैत्र १७ नगरपालिकाको टिपर टक्क घरअगाडि रोकेर कर्मचारीले घरधनीलाई पोका थमाउँदै लौ तपाईंको सामान तपाईं नै राख्नुस् भन्दा घर धनी छक्क परेका छन् ।

अचम्मित परेका घरधनीले हात थापे खोलेर हेर्दा त्यसमा फोहोर थियो । त्यो फोहोर जुन उनीहरुले राति सुटुक्क लगेर खोल्सामा फालेका थिए ।

वालिङ नगरपालिकाले शनिबार वडा नम्बर १० फेदी मोहोरियाका बासिन्दाले जथाभावी फालेको फोहोर उनीहरुलाई नै फर्काइदिएको हो । यसै कारण वालिङ बजारमा विहान केही घण्टा निकै चर्काचर्की चलेको थियो ।

फोहोरका पोकामा बिल तथा प्रमाण पुग्ने कागजपत्र भेटिएपछि वडाध्यक्ष अनन्तराज गैरेमार्फत मिल्काउनेको घरमा पुर्याइएको नगरपालिकाले जनाएको छ । फोहोरका पोका फिर्ता पाउनेमा अधिकांश व्यवसायी छन् । फोहोर फाल्नेलाई फेरि त्यस्तो नगर्न सचेत गराइएको वडाध्यक्ष गैरेले बतजानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.