राजीनामा दिन प्रधानमन्त्रीले राखेको प्रस्ताव उपसभामुखले गरिन् अस्वीकार

| 2019 Nov 20 | 03:06 pm 76

काठमाडौंं, मंसिर ४ : प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन राखेको प्रस्ताव उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेकी छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गर्दै उपसभामुखबाट राजीनामा दिन आग्रह गरेका थिए ।

तर तुम्बाहम्फेले ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै राजीनामा दिन अस्वीकार गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीले उपसभामुखबाट राजीनामा गराई तुम्बाहाम्फेलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतको दावी छ ।

सचिवालय वैठकमा खनाल र पोखरेल अनुपस्थित
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि सचिवालय बैठक बसिरहेको छ । यसअघि बिहान अध्यक्षद्वयबीच मात्र छलफल भएको थियो । छलफलपछि दुबै जना शितल निवास गएका थिए ।

सचिवालय बैठकमा सचिवालय सदस्य झलनाथ खनाल र उपप्रधानमन्त्री समेत रहेका नेता ईश्वर पोखरेल अनुपस्थित छन् । उपप्रधानमन्त्री पोखरेल एउटा कार्यक्रममा भाग लिन युएई गएका छन् भने नेता खनाल पनि विदेशमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.