राखेप सदस्य सचिव नियुक्ति प्रकृयामा नियम मिचेको भन्दै खारेजी गर्न सर्वोच्चमा रिट

| 2020 Jul 28 | 02:10 pm 186

काठमाडाैं, साउन १३ः राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव नियुक्ति प्रकृयामा नियम मिचेको भन्दै खारेजी गर्न सर्वोच्चमा रिट परेको छ । ५ दिनअघि नै पूर्व खेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले  सर्वोच्चमा रिट दायर गराएका थिए । तर, उनको रिटमाथि सुनुवाइ हुनु अघि सोमबार नै राखेप सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुनः नियुक्ति दिइएको छ ।

दाहालले पेश गरेकाे उक्त रिटको सुनुवाई भने मंगलबार हुँदैछ । दाहालले दिएको निवेदनमा कानुनमा उल्लेख भएअनुसार देशभरका क्षमतावान् मानिसले थाहा नपाउने गरी मन्त्रालयको वेबसाइटमा ७ दिने सूचना जारी गरिएको र अन्य सञ्चारमाध्यममार्फत सूचना नदिएर प्रक्रिया मिचेको उल्लेख छ । साथै सूचना मन्त्रालयको लेटरप्याडमा जारी गरिनु कानुनविपरीत भएको उल्लेख छ ।

खेलकुद मन्त्रालयले असार २६ गते मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा खेल विज्ञद्वय रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित सिफारिस समिति गठन गरेको थियो । हालसम्म आइपुग्दाका सम्पूर्ण काम र प्रकृया सोही समितिले गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.