रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल | 2019 Nov 07 | 08:55 pm 38

कास्की, कात्तिक २१: यही कात्तिक १७ गतेदेखि श्री पश्चिम पृतना हेडक्वाटर विजयपुर व्यारेक पोखरामा गण्डकी प्रदेशका विभिन्‍न मिडिया हाउसमा कार्यरत रक्षा संवादाताहरुलाई समावेश गरी सञ्‍चालन भएको रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार श्री पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी गोकुल भण्डारीले एक कार्यक्रम बीच समापन गरेका हुन् ।

नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्‍चालन भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका १० जिल्लाका विभिन्‍न मिडिया हाउसमा कार्यरत २० जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो ।

पाँच दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्‍न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्‍न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रीय तथा सबै पृतना स्तरमा १५ देखि २० जनासम्म सञ्‍चारकर्मीहरुलाई समावेश गरी अभिमुखिकरण कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको छ ।

यस प्रकारको कार्यक्रमले संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.