युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा

| 2020 Nov 21 | 05:29 pm 1770

काठमाडौं, मंसिर ६ः नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवम् युवा नेता मोती भण्डारीले गुल्मी जिल्लाबाट देशका जुनसुकै शिक्षण संस्थामा अध्ययन गर्ने गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा गरेका छन् ।

नेविसंघका पूर्व शिक्षा विभाग प्रमुख भईसकेका भण्डारीले आफ्नो पहलमा विभिन्न विद्यालय देखि विश्व विद्यालयसम्म आन्दोलनको बलबाट विद्यार्थीलाई छात्रावृत्तीको उपलब्धी हासिल गरेको दाबी गरेका छन् ।

अहिले पनि शिक्षामा विभेदीकरण रहेकोले हुनेखाने र हुँदा खाने वर्गको लागि सरकारले नै विभेदीकरण गरेको दाबी भण्डारीले गरेका छन् ।

जबसम्म शिक्षा गुणस्तरीय र सर्वसुलभ हुदैन तबसम्म यो समाजमा विभेदीकरण अन्त्य हुँदैन त्यसका लागि सचेत विद्यार्थीहरुले आफ्नो अधिकारको लागि लडाँई लड्नु पर्ने बताए । अहिले देश शैक्षिक माफियाहरुको चंगुलमा फसेकोले शिक्षामा व्यापारीकरण र निजीकरण गरी गरिब जनताका छोराछोरीहरुलाई शोषण गरिरहेकोले शैक्षिक माफियाहरुलाई तह लगाउनु पर्ने नेता भण्डारीले जोड दिए ।

युवा नेता भण्डारीले स्ववियु सभापति र नेवि संघका केन्द्रीय सदस्य हुँदा शिक्षा भित्रका विद्यार्थीहरु अधिकार स्थापित गरेको पुष्टि गरे । आफ्नो पहलमा त्रिभुवन विश्व विद्यालयबाट संचालिनत १ हजा २ सय निजी क्याम्पसहरुमा छात्रावृत्ती दिने व्यवस्था गरेकोदाबी गरे । निजी विद्यालयमा कक्षा १ देखि १० सम्म १० प्रतिशत गरिब तथा जेहेन्दार छात्रावृत्ती कक्षा ११ र १२ मा पनि सबै प्रोग्रामहरुमा १० प्रतिशत छात्रावृत्ती उपलब्धी हासिल गरेको पनि दाबी गरे ।

त्रिविको सेमेस्टर प्रणाली लागू गरी त्रिविबाट संचालित सबै संकायका सबै कार्यक्रमहरुमा बीबीए, बीआइएम, बीबीएम, बीआइआइएम, बीएचएम, बीएसी, बीएससी, सीएसआइटी, शिक्षा, बिज्ञान, मानविकी, व्यवस्थापन र कानुन लगायत सबै कार्यक्रमहरुमा छात्रावृत्ती हासिल गरेको दाबी गरे ।

इन्जिनियरिङ र मेडिसिनमा परीक्षा प्रणालीलाई व्यवस्थित र पादर्शी बनाइएको पोखरा विश्वविद्यालयका सबै कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय, मध्येपश्चिम, सुदूरपश्चिम लगायत काठमाडौं विश्वविद्यालयसम्म छात्रावृत्ती उपलब्धी र व्यवस्थित गरेको दाबी गरे ।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संचालिन सबै कार्यक्रमहरुमा आफ्नो पहलमा १५ प्रतिशत छात्रावृत्ती उपलब्ध हासिल गरेको पुष्टि गरेका छन् ।

उनले नेपालको शैक्षिक प्रणाली व्यवस्थित गर्ने आन्दोलनको अगुवाइमा सधै लागी पर्ने बताए । त्यसको फल स्वरुप देशकै विद्यार्थीहरुले अवसर पाउने दाबी सहित गुल्मेली गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि डटेर छात्रावृत्ती उपलब्ध गराउने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.