युवती बलात्कार आरोपी पक्राउ

रिपोर्ट नेपाल | 2019 May 09 | 06:19 pm 66

स्याङ्जा, वैशाख २६ :  करणी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् । २१ वर्षीया युवती बलात्कारको आरोपमा वालिङ नगरपालिका-८ का ४१ वर्षीय लेखनाथ शर्मालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

शर्माले स्थानीय युवतीलाई प्रलोभनमा पारी करणी गरेको भनी पीडित स्वयंले वडा प्रहरी कार्यालय वालिङमा किटानीसहितको जाहेरी दिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

फरार प्रतिवादी शर्मालाई खोजतलास गर्दा वालिङ-८ मा नै पक्राउ गरिएको डीएसपी भण्डारीले बताए। भण्डारीका अनुसार पीडितले २२ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।

शर्मालाई बुधबार नै जिल्ला अदालतमा हाजिर गराई जबरजस्ती करणी शीर्षक मुद्दामा ३ को म्याद थप गरिएको भण्डारीले बताए। शर्मालाई हिरासतमा राखी थप अनुसन्धान गरिएको प्रहरीले बतायो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.