यात्रुवाहक बस नदीमा खस्दा २४ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Aug 31 | 04:09 pm 146

काठमाडाैं, भदाै १४: एजेन्सी (पाकिस्तान) शनिबार यात्रुवाहक बस नदीमा खसेर दुर्घटना हुँदा  २४ को मृत्यु भएको छ । खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको जनाइएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीले दिएको जानकारी अनुसार बस नदीमा खस्दा बसमा सवार सबै यात्रुको मृत्यु भएको बताएका छन् ।

मृत्यु भएका मध्ये १५ पुरुष, पाँच महिला र चार बालबालिका रहेका छन् । उनीहरु पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै गरेको बेला दुर्घटना भएको कोहिस्तानका जिल्ला प्रहरी अधिकृत राजा अब्दुल साबुरले जानकारी दिएकाे बुझिएकाे छ ।

घटनास्थल दुर्गम क्षेत्र भएकाले घटनाबारे प्रहरीले ढिलाे जानकारी पाउँदा उद्धार कार्यमा ढिला भई कसैलाई बचाउन नसकिएको प्रहरीको भनाई छ ।

जिल्ला सदारमुकाम डास्सुदेखि डारा बाङ्रोतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जनाइएको छ । प्रहरी र उद्धारकर्मीहरुको टोली घटनास्थलमा पुग्दा अँधेरो भएकाले उद्धार कार्यमा कठिनाई भएको प्रहरी अधिकारीहरुले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.