म स्वस्थ भइसकेँ, २० वर्ष बाँच्छु : प्रधानमन्त्री ओली

रिपोर्ट नेपाल | 2019 Nov 20 | 04:26 pm 87

काठमाडौं, मंसिर  ४ :  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘सञ्चो’ भएको बताएका छन् । बुधबार बालुवाटारमा बसेको सचिवायलय बैठकमा आफ्नो स्वास्थ्यबारे सचिवायलय सदस्यलाई जानकारी दिँदै डायलसिस गरेपछि स्वस्थ भएको बताएका थिए ।

सचिवयालय बैठकमा उपस्थित एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘मलाई कुनै रोग छैन । म सम्पूर्ण रुपले स्वस्थ भइसकेँ । अब ढुक्कले २० वर्ष बाँच्छु ।’ आफ्नो स्वास्थ्यबारे बैठकमा ब्रिफिङ गर्दै ओलीले यस्तो भनेका हुन् ।

ओलीको मिर्गौलामा समस्या आएपछि थप उपचारको विदेश जाने चर्चा चलिरहेपनि त्यसबारे उनले बैठकमा केही बताउन चाहेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.