म्यानमारबाट २६ नेपालीले नेपाल अवतरण गरे

रिपोर्ट नेपाल | 2020 Jun 05 | 02:10 pm 108

काठमाडाैं, जेठ २३ः विश्व महामारीकाे रूपमा फैलिएकाे काेराेना नियन्त्रण तथा राेकाथामका लागि लागू गरिएकाे लकडाउनका कारण अलपत्र परेका नेपालीलाई लिएर म्यानमारको विमानले काठमाडौं विमानस्थलमा अवतरण गरिदिएकाे छ ।

शक्रबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारस्थित सेनाको एयरफोर्स विमानले २६ जना नेपाली यात्रुलाई अवतरण गरेको नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने पहलस्वरुप म्यानमारको पहिलो विमानले नेपाली लिएर आएको हो । विमानस्थलमा अवतरण गराएपछि कसरी सुरक्षित तरिकाले क्वारेन्टाइनसम्म पुर्‍याउने बारे तयारी भइसकेको क्षेत्रीले जानकारी दिए।

यात्रुहरुलाई विमानबाट ओर्लिएपछि  स्यानिटाइजर टनेलबाट निकालिने, सामाजिक दुरी कायम गरी हेल्थ डेस्कमा तापक्रम जाँच, इमिग्रेसन, कस्टम र व्यागेज लिने काम सम्पन्न गरेपछि होल्डिङ सेन्टरबाट नेपाली सेनाले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लैजाने व्यवस्था गरिएको प्रवक्ताले जानकारी दिए ।

सबै विमानहरुको ग्राउन्ड ह्यान्डिलिङ व्यवस्था गर्ने जिम्मेवारी पाएको नेपाल वायुसेवा निगमले पनि विमान अवतरण गरेपछि र अवतरण गर्नुअघि स्यानिटाइज गरिने निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.