मोरङमा नेकपाको बोर्ड फालेर एमालेको बोर्ड राखियो

| 2021 Mar 08 | 02:48 pm 225

काठमाडौँ फागुन २४: सर्वाेच्च अदालतले ऋषि कट्टेललाइ नेकपा दिने फैसला दिए पछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले एकिकृत नेकपाको साईनबोर्ड फालेर विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन ।

नेकपा एमाले र माओबादी एकीकरण गर्दा गरिएको सम्झौतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले उलंघन गरेपछि उक्त्त पार्टीमा विवादको आगो भुसजस्तै सल्किएको थियो। पूर्व एमालेका नेता माधबकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताले समेत प्रचण्ड संग गरिएको सम्झौता कार्यनयन गर्न दबाब दिदा समेत प्रम ओलीले अटेर गरेका कारण नेकपा विवादको भुमरीमा फसेको थियो।

पार्टी भित्र सबै तहबाट अल्पमतमा परेका ओलीले पार्टी भित्रका आफ्ना बिरोधिलाई तह लगाउन मध्यावधि निर्वाचनको घोषणा गरेपनि अन्तत: सर्बोच्च अदालतले अबैध ठम्याई दिएपछि राजनीतिले नया मोड लिएको थियो। तर सर्बोच्चको त्यो निर्णयको मसि सुक्न नपाउदै आज संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.