मोटरसाईकल चोरी गर्ने लामा ट्राफिक प्रहरीको नियन्त्रणमा

| 2022 Apr 27 | 03:04 pm 233

काठमाडौं, बैशाख १४ः मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौ तार्केश्वर नगरपालिका वडा नं. ५ लोलाङ हाईट स्थित सडक खण्डबाट बास्तविक नम्वर परिवर्तन लु ६४ प ७३७५ नम्वर कालो निलो २२० सी.सी.को पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौं लोलाङ बस्ने वर्ष २६ को सुदास लामा रहेका छन् ।

उनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए । उक्त मोटरसाईकलको वास्तविक नम्बर नम्वर बागमति प्रदेश ०२- ०२५ प १०१० रहेको खुल्न आएको छ ।

उक्त पक्राउ भएको मोटरसाइकल ललितपुर गोदावरी नगरपालिका वडा नं. ८ डुकुछाप बस्ने नवराज घिमिरेले निजको
घरबाट हराएको यस कार्यालयमा निवेदन दिएका थिए । पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकललाई चोरी
मुद्दाका अनुसन्धान कारबाहिका लागी प्रहरी परिसर जावलाखेलमा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.