मोटरसाईकलको ठक्करबाट एक युवतीको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 15 | 04:05 pm 67

उदयपुर, कात्तिक ३०ः आइतबार विहान मोटरसाईकलको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी १८ वर्षीया निर्मला विक रहेका छन् ।

उदयपुरगढी गाउँपालिका ७ नेपाटलटारमा स ९ प ४७२ नं. को मोटरसाईलको ठक्करबाट गम्भीर घाइते उनी उपचारको क्रममा निधन भएको हो।

प्रहरीका अनुसार गाईघाटदेखि नेपाटलटारतर्फ जाँदै गरेको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिएको थियो। ठक्करले गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल उदयपुरमा ल्याएरु उपचार गराइदै गर्दा ९ बजेको समयमा निधन भएको मृतकका बाबु सोमबहादुर बिकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

मोटरसाईकल र चालक उदयपुरगढी ८ का २९ वर्षीय मेसक राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.