मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 25 | 11:19 am 165

सप्तरी, असार ११ः गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो ।

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.