मोटरसाइकल दुर्घटनामा गुल्मीका ताराले ज्यान गुमाए

रिपोर्ट नेपाल | 2019 Jul 01 | 11:26 am 256

नवलपुर, असार १६:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती–८ को जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीका तारा पोखरेल र उनका साथी चालक मिलन भट्टराईको मृत्यु भएको छ ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोखरेलको कालीगण्डकी अस्पताल कावासोतीमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिएको थियो ।
मृतक तारा पोखरेल गुल्मीको रुरु गाउँपालिका अन्तर्गत रिडीका बासिन्दा हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.