मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

| 2022 Apr 18 | 05:13 pm 269

मोरङ, बैशाख ५ः विराटनगर महानगरपालिका-९ मा पार्किङ गरेको को.२० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डल रहेका छन् । उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो ।

उनीहरु उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.