मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 26 | 08:38 pm 55

झापा, फागुन १४: गौरीगंज गाउँपालिका ६ देवीगंजबाट बिआर ३८८१३५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका ७ ग्वालडुब्बाका ३७ वर्षीय कालचन माक्रा र गौरीगंज गाउँपालिका ६ का २७ वर्षीय शरद कुमार माक्रा रहेका छन् ।

गौरीगंज गाउँपालिका ६ देवीगंजका उपेन्द्र यादवको घरबाट सोमबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा कालचनको घरमा मोटरसाइकल चोरी गरी लुकाइछिपाई राखेको अवस्थामा फेला पारी चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ परेका दुबै जनालाई चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.