तनहुँ, बैशाख ७ः मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जानालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ३ घेत्मा घर भई हाल स्याङ्जा हरिनास गा.पा. चिसापानि स्थितमा रहेको सडक निर्माण गर्ने क्याम्पमा बस्ने बर्ष २० को नाईजेल ठकुरी र बर्ष १९ को खिममान पुन रहेका छन् ।
उनीहरूले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ११ साँखे स्थित बर्ष ४३ को भिम बहादुर थापाको घरमा पार्कीङ गरी राखेको अवस्थामा रहेको ध १ प ५५९३ नं. को अपाची मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा स्थानिय व्यक्तिहरुको सहयोगमा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे प्रहरीले जनाएकाे हाे।
प्रहरीले उनीहरूलाई तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ८ स्थित पुलचोकबाट उक्त चोरी भएको मोटरसाइकल सहित पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको बताइएकाे छ ।