मेस्सी गोल सिजनकै उत्कृष्ट

रिपोर्ट नेपाल | 2019 Aug 10 | 07:10 am 30

एजेन्सी, साउन २५ : बार्सिलोनाका कप्तान लियोनल मेस्सीको गोल च्याम्पियन्स लिग सिजन २०१८/२०१९ कै उत्कृष्ट भएको छ । मेस्सीले गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्धको पहिलो लेगमा फ्रि-किकमार्फत गरेको गोल नै सिजनको उत्कृष्ट भएको हो ।

मेस्सीले सिजनको उत्कृष्ट गोलको अवार्ड जितेको यो तेस्रो पटक हो । गत सिजन रोनाल्डोले उक्त अवार्ड जितेका थिए । यसपटक मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सीको गोल समर्थकहरुको भोटका आधारमा उत्कृष्ट भएको हो । राेनाल्डाेकाे गाेल भने दाेस्राे स्थानमा रहेकाे छ । रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समूह चरणमा भलीमार्फत गरेको गोल गोललाई सिजनको उत्कृष्ट गोलमा मनोनयन गरिएको थियो ।

युइएफअन्तर्गत क्लब र अन्तर्राष्ट्रिय खेलका गोललाई मात्र उत्कृष्ट गोलमा मनोनयनमा पारिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.