मेला भरेर फर्केका यात्रु चढेको ट्रक दुर्घटना, ६ जनाको मृत्यु

| 2020 Jan 21 | 06:09 pm 105

काठमाडौं, माघ ७ : धादिङमा ढोलामण्डली तिर्थस्थलको दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

धादिङको ज्वालामुखी गाउँपालिका-४ स्थित ढोलामण्डलीमा मंगलबार लागेको मेला हेरेर फर्केका यात्रु बोकेको ट्रक दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ।

धादिङबेँसी फर्कँदै गरेको उक्त ट्रक निलकण्ठ नगरपालिका-९ को मैली भञ्ज्याङमा दुर्घटना भएको हो।

ट्रकमा ४० जना भन्दा धेरै यात्रु रहेको बताइएको छ। घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालहरुमा पुर्‍याइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.