मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण

| 2020 Jul 05 | 03:46 pm 72

काठमाडौं, असार २१ः मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण थालिएको छ । यसका लागि सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङमा पानी हाल्न थालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

यसबारे जानकारी दिन खानेपानी मन्त्री विना मगरले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । निकै लामो समय अन्योलमा परेको मेलम्ची आयोजनामा अहिलेसम्म हेडवर्क्स तयार भएको छैन । तर डाइभर्सन सुरुङमार्फत मेलम्ची खोलको पानी कफर ड्याम बनाएर भित्र हालिएको हो ।

आयोजना प्रमुख तिरेसप्रसाद खत्रीका अनुसार कफर ड्याममार्फत मेलम्ची खोलाको पानी सुरूङ तर्फ ड्राइभट गरिएको छ।

सुरूङको परीक्षण सुरु भएको छ। दुई महिनासम्म परीक्षण गर्नेछौं, उनले भने।

जिरो चेनेजबाट ८ सय मिटर सुरुङमार्ग भरेर अडिट टनेलमार्फत पानी पुनः मेलम्ची खोलामा पठाउन लागिएको र भोलि सो अडिट टनेल बन्द गरेपछि सुरुङमार्गतिर पानी जाने आयोजनाले जनाएको छ।

अब योसँगै आयोजनाको सुरुङको परीक्षण प्रक्रिया थालनी भएको छ । यसपछि एकपटक पानी खाली गरेर सुरुङको अवस्था जाँच गरिनेछ । त्यसपछि मात्रै व्यवसायिक रुपमा पानी ल्याउने गरी फेरि सुरुङमा पानी भर्न सुरु गरिने बताइएको छ ।

हाल इटालियन कम्पनी सीएमसी गएपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.