मेरो प्रिय तँ

रिपोर्ट नेपाल | 2020 Feb 13 | 08:06 pm 273

नरेन्द्र बहादुर अर्याल

मेरो प्रिय तँ
प्रिय तथा अप्रिय समय,
नभुलाईदेउ,
ति निर्दोष बालापन र किशोरावस्थाहरु,
ति साथी, ति संगी,
अनि स्कुल र कलेजका अल्लारे दिनहरु
ति उकाली अनि ओरालीहरु,
झ्याउरे भाका गुन्गुनाउँदै,
दाउरा घाँस गरेका र गाई चराएका
वन, जंगल र खर्यानहरु ।
आँखामा घुमिरहन्छन्, मनमा आइरहन्छन्,
दिमागमा खेलिरहन्छन्, सोंच मग्न बनाउँछन्,
ति अतीतहरु,
हिजोमात्र जस्तो लाग्छ अनि सपना जस्तो पनि,
कति रमाइला थिए ति विगत,
कति फुर्सदिला थिए ति क्षण,
साथै तनाव, चिन्ता, पीडा र अभावमुक्त ।
आजको तपाई भन्दा,
कति कर्णप्रिय थियो साथी तिम्रो त्यो तँु,
कति प्रेमपूर्ण र निस्वार्थ,
निर्दोष र विशुद्ध,
अति नजिकलाग्ने र सम्झिने ।
कति परिर्वतनशिल छौ हगी समय तिमी ?,
तिम्रो बहावसँगै धेरै परिवर्तन भयौं हामी,
थियौं हामी धेरै व्यवहारिक,
तर आज भयौं व्यवसायिक,
सायद समयसँग बदलियो हाम्रो हैसियत,
जी लगाउने र खोज्ने भयौं ।
कति बिरानो लाग्छ साथी तिम्रो तपार्इँ,
बढे होला तिम्रो हैसियत र प्रतिष्ठा,
त्यसैले तपार्इँको लागि तपार्इँ नै भन्छौ होला ।
तर…..,
चाँहिदैन मलाई तिम्रो त्यो तपार्इँ,
न बढेको छ मेरो हैसियत र प्रतिष्ठा,
न त खोज्ने छु मैले तपाईँ कहिल्य,ै
भलै प्रतिष्ठा नै बढे पनि ।
जस्तो विछोडीएका थियौं हामी,
उस्तै नै छु म अहिले,
बदलिएको छ केवल टाउको,
कपाल गुमाएको छु,
तिमीहरुबाट छुटे लगत्तै,
रहरलाग्दो वैंशमै ।
गुज्रिएको छ उमेर,
चाउरिंदै छ अनुहार र शरिर,
पछ्याएको छ बुढौलीले ।
स्वदेशको रहर र सपना हुँदाहुँदै,
नियतीको खेल वा मेरो कमजोरी,
अनेकौं हण्डर खाएर,
वाध्यतात्मक महत्वकांक्षाले लखेटिएको म,
अरबका भूमिमा पसिना, आँसु र रगत ।
यति मात्र नभई,
पेटको खातिर संघर्षको शिलशिलामा,
कतै बीस महिना सात दिनको,
कारावासको नारकिय जीवन,
तर हात लाग्यो शुन्य..,
ता पनि उस्तै छु साथी म ।
घरदेखि बुटवल हुँदै काठमाडौं वा यत्रतत्र हुँदा,
बदलिएछ साथी तिमीहरुको मानसिकता,
कोही थियौ उमेरले मेरा दाई,
त कोही मेरा भाई,
त्यो बेला साझा नाता थियो साथी,
साझा शब्द थियो तँ,
न दाइ न भाइ,
न उमेरको सवाल,
तर अहिले उमेरकै पर्खाल?
कसरी भूल्न सक्यौ ति दिन?
एउटा चक्लेट कमिजमा राखेर दाँतले टोकेर बाँडेको,
घरबाट ल्याएका नास्पति र काँक्रो,
मुड्कीले फोरेर खाएको,
सहपाठीले बेच्न ल्याएका आरु,
कपीको पानाले साटेर खाएको ।
हरायो मेरो प्रिय तँ,
अस्तित्व मेटिएको तँ,
मैले भूल्न नसेकको तँ,
मैले माया गरेको तँ,
अनि मलाई माया गरेको तँ, ।
चाँहिदैन मलाई तिमीहरुको इज्जत,
चाँहिदैन मलाई सम्मानको तपाई,
प्रिय, नजिक र स्वच्छ थियो,
मेरो र तिमीहरुको तँ,
तँ कै अपेक्षा राख्दछ सध ैतिमीहरुको सुदामा ।
बस्…………

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.