‘मेरी बास्सै’बाट बल्छी र राजु मास्टर किन बाहिरिए ?

रिपोर्ट नेपाल | 2019 Mar 24 | 04:00 pm 99

काठमाडौं, चैत १० : बिगत लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय हाँस्य टेलिश्रृंखला ‘मेरिबास्सै’ का निर्देशक तथा मुख्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्। बल्छिका अनुसार निर्माण कम्पनी मिडिया हवसँग असहमति भएपछि मेरिबास्सैबाट बाहिएका हुन ।

‘मिडिया हबसँग विभित कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भयका छौँ। यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ,’ बल्छीले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन्।

‘हामी अब छिट्टै नै बल्छी र राजुमास्टरकै भेषमा अर्को सिरियल लिएर आउनेछौं, दर्शकले हामीलाई मेरिबाँस्सैकै भेषमा देख्न पाउनुहुनेछ,’ बल्छिले अगाडि लेखेका छन्।

कलाकार बल्छी ध्रुवे (मरिचमान) श्रेष्ठले आफ्नो फेसबुक वालमा लेख्दै भनेका छन्, एउटा स्क्रिप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो । उ जुन दिशामा नि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिंजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाँचिन सक्छ यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ । तर हजुरहरुको मायाले बाँचेका हामी बल्छी र राजु मर्न चाहेनौं ।’

आफूहरु कसैको नियन्त्रणमा काम गर्न नसक्ने जनाउँदै दिएका उनले थप लेखेका छन्, ‘मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे (माग्ने बुढा ) तथा सीताराम कटेल (धुर्मुस) ले छोडेपछि हामी राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आएको मेरी बास्सै मिडिया हबसँग विभिन्न कुरामा सहमति हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भएका छौं । यस कदमबाट हाम्रा भगवानरुपी दर्शकहरुमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौं ।’

उनले थपे लेखेका छन्, ‘हाम्रा दर्शकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाँडो भन्दा चाँडो यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौं । सधै यस्तै मायाको अपेक्षा गर्नेछौं ।’

मेरिबास्सैका जन्मदाता सिताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबुढा)ले छोडेपछि बल्छी र राजुमास्टरले लेखन तथा निर्देशनको काम सम्हाल्दै आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.