चितवन, बैशाख ९: भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । अागामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदारी दिन दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।
मेयर दाहालले राजीनामा दिएको उपप्रमुख शाहले जानकारी दिइन्। उनकाे राजीनामा आजै स्वीकृत भइसकेको छ,’ उपप्रमुख शाहाले भनिन् ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि दाहालले राजीनामा दिएकी हुन्। सत्तारुढ गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ । ‘महानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गर्ने हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै भरतपुर महानगरपालिका चितवनको नगरप्रमुखको पदबाट राजीनामा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख छ । मेयरसँगै वडाध्य्क्ष र नगर सदस्यले पनि राजीनामा दिएका छन्।