मृतक शिक्षककाे ३२ घण्टा पछि शब व्यवस्थापन गरियाे

रिपोर्ट नेपाल | 2020 May 22 | 04:33 pm 200

काठमाडाैं, जेठ ९ः बिहीबार बिहान काेराेना संक्रमणका कारण रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिको  ३२ घण्टा पछि शब व्यवस्थापन गरिएकाे छ ।

काेराेना संक्रमणका कारण तेस्राे व्यक्तिका रूपमा मृत्यु भएका गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको शुक्रबार दिउँसो शब व्यवस्थापन गरिएको हो ।

लामो समयसम्म अस्पाताल प्रशाशन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबीच चलेको छलफलपछि नेपाली सेनाको गरुण दल बुटवलले शबको व्यवस्थापन गरेको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको छ ।

संक्रमित व्यक्तिको शब देवदह नगरपालिका १० को जंगलमा हिन्दु सस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

उनले जिल्लामा नयाँ घटना भएको तथा परिवार, अस्पतालसंग समन्वय तथा शब व्यवस्थापनका लागि समन्वय गर्नु परेकाले शब व्यवस्थापनमा ढिलाई भएको बताए ।शबको अन्तीम सस्कारमा उनका परिवार तथा आफन्त कसैको पनि सहभागिता नभएको मृतकका भाईले जानकारी दिए ।

उनी उपचारका लागि गत बैशाख ३१ गते रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पताल आईपुगेका थिए । उनको जेठ ८ बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयले पुष्टि गरेको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.