मुस्लिम आयोगको सिफारिसमा आज सार्वजनिक बिदा

| 2022 May 03 | 08:28 am 277

काठमाडौँ बैशाख २०: मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर आज सार्वजनिक बिदा दिएको जनाएको छ।

मंगलबार ईद परेको भन्ने मुस्लिम आयोगको सिफारिसको आधारमा गृहले सार्वजनिक बिदाको सूचना जारी गरेको हो। ‘मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम उक्त बिदा २० वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ गृहले जारी गरेको सूचनामा लेखिएको छ । ।

अरबी पात्रो हिजरी संवत्अनुसार १०औं महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन्।

१०औं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने  चलन छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.