मुख्यमन्त्री राईले अब के गर्लान ?

| 2021 Feb 21 | 04:46 pm 245

विराटनगर फागुन ९ : प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद बिघटन गरेपछि दन्किएको नेकपा भित्रको आगो केन्द्र, प्रदेस हुदै गाउ वडा सम्म पुगेको छ। प्रधानमन्त्रिको कदम असंबैधानिक भएको भन्दै प्रचण्ड- नेपाल समुहले देशब्यापी आन्दोलन चर्काउनुको साथै विभिन्न प्रदेशमा रहेका ओली पक्षका मुख्यमन्त्रि बिरुद्ध अविस्वासको जेहाद छेडेका छ।

यसै क्रममा प्रदेश १ मा मुख्यमन्त्री शेरधन राइ बिरुद्द आज सत्तापक्ष ओली पक्षका सांसदको अनुपस्थितमै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबारको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक इन्द्र आङबोले राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

यता सत्तापक्षले प्रदेशसभा बैठक बहिष्कारका लागि निलम्बिन १६ सांसदलाई बैठकमै उपस्थित हुन दिनु नहुने बहाना बनाएको छ ।

सरकारका प्रवक्तासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद उपस्थित भएसम्म बैठक बहिष्कार निर्णय भएको बताए । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि बढेमा सरकार ढल्ने निश्चित भएपछि सत्ता पक्षले निलम्बित सांसदको उपस्थिततिलाई बहाना बनाउँदै बैठक नै बहिष्कार गरेको हो ।

‘मुख्यमन्त्री राईले निलम्बन गरेका १६ जना सांसद बैठकमा उपस्थित भएसम्म हामी सहभागी हुन सक्दैनौँ’, बैठक बहिष्कारको कारण बताउँदै प्रवक्ता कार्कीले भने, ‘१६ जना सांसद उपस्थित भएसम्म हामी बैठकमा सहभागी हुन सक्दैनौँ ।’ उनले मुख्यमन्त्रीले गरेको यो निर्णय कानुनी भएको दाबीसमेत गरेका छन् ।

मुख्यमन्त्री राईले निलम्बन गरेका १६ सांसद उपस्थित भएसम्म सत्ता पक्षले प्रदेश १ प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय केहीबेर अघि सांसदहरुले गरेका हुन् । यो निर्णयबारे संसद सचिवालयमा जानकारी गराएपछि सभामुखले बैठक सुरु गरेका थिए।

सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेश भएको हो । अविश्वासको प्रस्ताव पेश भएपछि आइतबारको बैठक सकिएको हो । अर्को बैठक फागुन २० गते बस्ने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.